Zenith Migration Education
Friday, March 28, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

नेपालमा पनि मनाइयो ANZAC Day (तस्बिरसहित)

Zenith Migration Education

काठमाडौं : ANZAC दिवसको अवसरमा आज काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरियो।

अष्ट्रेलिया तथा न्युजिल्यान्डका नागरिकहरू, नेपालमा रहेका ब्रिटिश गोर्खा, नेपाली सेना र शुभचिन्तक तथा मित्रहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।

प्रत्येक वर्ष अप्रेल २५ तारिखलाई अष्ट्रेलिया र न्यूजिल्याण्डमा एक विशेष राष्ट्रिय दिवसको रुपमा मनाइने गरिन्छ।

पहिलो विश्वयुद्धको क्रममा अष्ट्रेलिया र न्युजिल्यान्ड आर्मी कोर्प्स (ANZAC) सेनाको ग्यालिपोलीमा अप्रेल २५, १९१५ क दिन अवतरण गरेको सम्झनाको रूपमा यो कार्यक्रमको आयोजना गरिन्छ।

यस दिनले अष्ट्रेलिया र न्यूजील्याण्डका सबै सैनिक र सेवा गर्ने र मर्ने महिलाहरूको बहादुरी र बलिदानको पनि सम्मान गर्दछ जसले युद्ध, द्वन्द्व, र शान्ति स्थापना कार्यहरूमा बलिदानीपूर्ण योगदान पुर्याएका थिए।

सन् १९१५ देखि शान्ति सुरक्षा कायम र प्रवर्द्धन गर्ने सैनिक र सेवाकर्मीहरूको सम्मान र सम्झनामा ANZAC Day मनाइने गरिएको छ।
यसैको सम्झनामा नेपालमा पनि न्यूजिल्याण्ड, अष्ट्रेलिया, ब्रिटिश गोर्खा र नेपाली सेनाको सहभागितामा सो कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery