सङ्खुवासभा । संखुवासभामा महिलालाई बाटो छेकेर अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका वडा नम्बर-२ हुत्तिखिम बस्ने वर्ष अन्दाजी २३ को जीवन भन्ने युवराज कार्की रहेका छन् ।
कार्कीले संखुवासभाको लंखुवा खोलाको झोलुङ्गे पुलमा एक स्थानीय महिलालाई बाटो छेकेर हातपात गर्न खोजेका थिए ।
बाह्रबीसे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।