सुदूरपश्चिम: प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम विश्व विद्यालयको चौथो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुभएको छ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानु आवश्यक छ। युवाहरू राष्ट्रका भविष्य हुने भएकाले विश्वविद्यालयबाट निस्कँदा उनीहरू चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ।”
प्रतिक्रिया दिनुहोस
सम्बन्धित शिर्षकहरु