Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

वाक एण्ड रन प्रतियोगिता सपन्न (तस्बिरसहित)

Zenith Migration Education

काठमाडौं: हिजो शनिबार काठमाडौँमा वाक एण्ड रन प्रतियोगिता सम्पन्न भएको छ। नेपाल प्रहरी श्रीमती संघको सहकार्य तथा लेजर पोर्ट नेपालको आयोजनामा PINK CAREATHON अन्तर्गत Walk and Run दौड प्रतियोगिता आयोजना भएको हो ।

काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त प्रतियोगिताको उप-प्रमुख डंगोलले झन्डोत्तलन गरी प्रतियोगिता शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले प्रतियोगिता मानसिक र शरीरिक स्वास्थ्यको लागि अत्यन्तै उपयोगी रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलगायत संघका पदाधिकारीहरू एवम् लेजर पोर्ट नेपालका पदाधिकारीहरूले दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

उक्त दौड प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा कार्यरत महिला प्रहरी कर्मचारी र विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । प्रतियोगितामा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटर दूरीको दौड भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु