Zenith Migration Education
Friday, March 28, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो

Zenith Migration Education

काठमाडौं । चीनको एउटा गद्दा पसलमा ३७ पर्यटकलाई बन्धक बनाइएको छ । उनले पसलबाट केही किनेका थिएनन् । यसपछि गार्डले उनलाई घेरा हालेर केही घण्टासम्म पसलबाट बाहिर निस्कन दिएनन् ।यद्यपी पसलबाट पर्यटक कहिले र कसरी निस्किए भन्ने जानकारी भने खुलेको छैन ।

यो घटना युनान प्रान्तको शिशुङबन्ना सहरमा २६ मार्च २०२४ मा भएको थियो। तर, अहिले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा यससँग सम्बन्धित फोटो–भिडियो भाइरल भइरहेको छ । घटना बाहिर आएपछि प्रशासनले तत्कालका लागि पसल बन्द गरेको छ । साथै पसलमा पर्यटक ल्याउने टुर गाइडलाई १० हजार युआन जरिवाना गरिएको छ ।

हङकङको मिडिया हाउस ‘साउथ चाइना मर्निङ पोस्ट’को रिपोर्टका अनुसार लिओनिङ प्रान्तबाट ३७ जना चिनियाँ पर्यटक युनान प्रान्त घुम्न आएका थिए। यहाँ उनीहरू गद्दा पसलमा पुगे । केही बेर पसलको सामान हेरेपछि सबै बाहिर निस्कन थाले । पसलेले रोकेर सामान किन्न बाध्य पारे । पर्यटकले सामान नकिन्दा बन्धक बनाएका थिए ।

उनलाई घेरेर सुरक्षाकर्मी उभिए । पर्यटक केही घण्टा पसलमै थुनिएका थिए । सो क्रममा उनीहरूको पसलेसँग झगडा पनि भएको थियो । यसै क्रममा एक पर्यटकले भिडियो बनाउन थाले । जसमा केही पर्यटक थकित म्याट्रेसमा बसेका देखिएका छन् ।

सोही क्रममा केही पर्यटकलाई गार्डले समातेको थियो । भिडियो खिच्ने पर्यटकले भने, “हामी शिशुङबन्ना सहरको एउटा पसलमा उभिरहेका छौं, जहाँ गद्दा बेचिन्छ। हामी दिउँसो आएका थियौं, अहिले साँझ परेको छ। हाम्रो ३७ जनाको समूहलाई बाहिर निस्कन दिइँदैन।”

यो पहिलो घटना भने होइन । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनमा जबर्जस्ती किनमेल गर्ने घटनाहरू सामान्य छन्। यस्ता घटना निरन्तर बढिरहेका छन् । यसअघि सन् २०२४ को फेब्रुअरीमा पनि पर्यटक बसबाट एकै परिवारका ५ जनालाई निकालिएको थियो । उनीहरूले ६ लाखको सुनको ब्रेसलेट किन्न अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery