Thursday, January 22, 2026
Zenith Migration Education
Thursday, January 22, 2026

चक्कु प्रहारबाट घाइते विशप मार मारीले गरे विज्ञप्ति सार्वजनिक

Zenith Migration Education

सिड्नी: सिड्नी स्थित एसेरियन चर्चका विशप मार मारी इम्मनुएलले आज एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो आधिकारिक धारणा व्यक्त गरेका छन्।

सोमबार राति चर्च प्रवचन दिने क्रममा एक व्यक्तिले उनीमाथि चक्कु प्रहार गरका थिए। वेकलेको क्राइस्ट चर्चमा प्रवचन दिने क्रममा एक व्यक्तिले चक्कुले आक्रमण गरेपछि मार मारीको टाउकोमा चोट लागेको थियो।

मार मारीले इस्लामको विरुद्धमा विवादास्पद अभिव्यक्ति दिएको कारण उनीमाथि आक्रमण भएको हुन सक्ने बताइएको छ।

चक्कु प्रहार गर्ने १६ वर्षीय युवाले गरेको यस आक्रमणलाई प्रहरीले आतंकवादको संज्ञा दिएको छ। आक्रमणकारी युवाले आक्रमण गर्नु अघि अरबी भाषामा ‘मेरो अगमवक्ताको अपमान गरेको’ भन्दै टिप्पणी गरेका थिए।

रूढिवादी असिरियन चर्चका धर्म गुरु कोभिड-१९ को लकडाउन, समलैंगिकता र यहूदी धर्म र इस्लामलगायत गैर-क्रिश्चियन धर्महरू विरुद्धको आलोचनात्मक टिप्पणीका लागि परिचित छन्।

उनले भनेका थिए, “म तिमीलाई सोध्छु मेरो प्यारो मुस्लिम, यदि तिमी (येशू) लाई भविष्यवक्ताको रूपमा दाबी गर्छौ भने तिमीले कसरी अन्य सबै अगमवक्ताहरूलाई विश्वास गर्न सक्छौ कि कसरी पुरानो नियमका कुनै पनि अगमवक्ताहरूलाई ईश्वरको पुत्र भनेर उल्लेख गरिएको थिएन?”

उनका धेरैजसो प्रवचन, पोडकास्टहरूमा कुरान, मोहम्मदको आलोचना गरिएका हुन्छन्।
एक अमेरिकी पोडकास्टको एपिसोडमा, विशप मार मारीले “येशू ख्रीष्ट मात्र परमेश्वर हुनुहुन्छ” भनी घोषणा गरेका थिए।

युट्युबमा पुन: पोस्ट गरिएको अर्को संदेशमा विशपले यस्तो भनेका थिए, “तिमी मलाई पवित्र बाइबल भन्दा सात शताब्दीपछि आएको दस्तावेज जो कुरानहो त्यसमाथि विश्वास गर भन्छौ।”
“मार मारीमाथि भएको आक्रमणको कारण असिरियन समुदायका सदस्यहरूले उत्पीडनको महसुस गरिरहेका छन्” अष्ट्रेलियाली क्याथोलिक विश्वविद्यालयका धर्मशास्त्रका प्रमुख डा जोएल होजले भने ।

विज्ञप्तिको पूर्ण पाठ:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु