ललितपुर : ललितपुरमा तीन दिने अन्तर्राष्ट्रिय ‘बिइङ सोसल इन मिडिया’ नामक कार्यशाला सम्पन्न भएको छ ।
किङ्गडम भ्वाइस एफ.एम.रेडियोले इब्रा मिडियासँगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको हो। चैत २१ गतेदेखि २३ गतेसम्म संचालन भएको सो कार्यशालामा
नेपाललगायत स्वीडेन, भुटान र भारतबाट ५० जना सहभागी भएका थिए । स्वीडेनका दुई जना सोसल मिडिया विज्ञहरुले सो कार्यशाला सहजीकरण गरेका थिए।