Zenith Migration Education
Tuesday, March 25, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

पोखरामा राप्रपा नेतासँग एमाले अध्यक्ष ओलीको भेट

Zenith Migration Education

लेखनाथ (कास्की): गण्डकी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग भेटघाट एवं छलफल गर्नुभएको छ । नेकपा एमालेको ११औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सम्बोधन गर्न यहाँ आउनुभएका अध्यक्ष ओलीले राप्रपाका गण्डकी प्रदेशका संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेट गर्नुभएको हो ।

भेटमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि नेकपा एमाले, माओवादीसहितको गठबन्धनलाई सहयोग गर्न आग्रह गनुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले जानकारी दिनुुभयो । चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशमा सरकार गठनको विषय अन्योल बनेको छ । राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्नसक्ने सङ्केत गरेसँगै एमाले–माओवादी गठबन्धन सो पार्टीलाई आफ्ना पक्षमा ल्याउन क्रियाशील बनिरहेका अवस्थामा अध्यक्ष ओलीले राप्रपा नेतालाई भेटेर सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशको समसामयिक राजनीति सम्बन्धमा छलफल गर्नुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले बताउनुुभयो । सरकार गठनमा सहयोगका सम्बन्धमा राप्रपाको केन्द्रीय समितिसँग सहकार्य गरेर आएमा आफूहरू सहयोगका लागि तयार रहने गुरुङले बताउनुुभयो । पार्टीको निर्देशन बाहिर जान नसकिने कुरा अध्यक्ष ओलीसँग स्पष्ट रुपमा जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई सदस्य छन् भने स्वतन्त्र एक प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic