Tuesday, May 19, 2026
Zenith Migration Education
Tuesday, May 19, 2026

राजस्व चुहावट रोक्नका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

Zenith Migration Education

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्नका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

आइतबार सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका हुन्।

राजस्व चुहावट र अबैध व्यापारिक कारोवारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिन उहाले निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए।

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिए। उनले सम्बन्धित राजस्व कार्यालयहरूले नियमित बजार अनुगमन गर्ने र सोको रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन समेत निर्देश गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु