Zenith Migration Education
Thursday, June 19, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

मादक पदार्थ सेवन गरी विमान उडाउने पाइलट बर्खास्त

Zenith Migration Education

काठमाडौं । एयर इन्डियाले मादक पदार्थ सेवन गरेर विमान उडाउने आफ्ना पाइलटलाई सेवाबाट बर्खास्त गरेको छ । अभियुक्त पाइलटले उडाएको विमान अवतरणपछि चालक दलका सदस्यको ब्रेथ एनालाइजर परीक्षण गरिएको थियो । टाटा समूहको एयरलाइन्सले फुकेटबाट दिल्ली आउने विमान उडाएका ती क्याप्टेनविरुद्ध एफआईआर दर्ता गर्न सक्छ।

यस विषयमा एयर इन्डियाको तर्फबाट कुनै बयान आएको छैन । मदिराको नशामा उडान भर्नु अपराधिक कार्य हो । एउटा अंग्रेजी अखबारका अनुसार नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले भन्यो, ‘हामीले यी कुराहरू सहने छैनौं र धेरै कडा कारबाही गरेका छौं, उनीहरूको सेवा बन्द गर्ने मात्र होइन एफआईआर दर्ता गर्ने योजना पनि बनाएका छौं।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery