Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

Zenith Migration Education

धुलिखेल (काभ्रेपलाञ्चोक): खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उहाँले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताउनुभयो ।

बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताउनुभयो । उहाँले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभयो । “यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ”, मन्त्री राईले भन्नुभयो, ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन् ।”

नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ । प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाले नगर स्थापनाको दिन खुसीको क्षण भएकाले कला, संस्कृति, प्रकृति, खानी, पानी, बसोबास, सरसफाइ सबै क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अहिले बढ्दो बस्ती विकासले सहरी फोहर पनि बढ्दै गएको भन्दै व्यवस्थित फोहर विसर्जन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद बास्कोटाले अहिलेको चुनौती जलवायु परिवर्तन भएको बताउँदै त्यसलाई मानव विकास, सभ्यताका सूचाङ्कलाई नागरिक र जनप्रनितिधिको सहकार्यबाट समाधान गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बनेपा नगरपालिकाले लिने नीति, काम र अभियानले समग्र जिल्लालाई सकारात्मक प्रभाव पार्न सक्नुपर्नेमा जोड दिनुभयो ।

फोहर, खानेपानी र विकास निर्माणलगायत कार्यमा प्रदेश र सङ्घीय सरकारको सहकार्य आवश्यक रहेको भन्दै सोहीअनुसार नागरिकको हितलाई केन्द्रमा राखेर योजना बनाइरहेको जानकारी दिनुभयो । बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बन्दै गरेको सूर्यविनायक–धुलिखेल सडकखण्डको विस्तारका क्रममा भएको अव्यवस्थित कामका कारण नगरबासीले समस्या व्यहोर्नु परेको भन्दै त्यसलाई माथिल्लो तहबाट नै व्यवस्थित गर्न आग्रह गर्नुभयो ।

नगरपालिका–६, ७, ८, १० ११ र १३ अरनिको राजमार्गअन्तर्गत पर्ने भन्दै उक्त सडकमुनि ढल र खानेपानीको पाईप रहेकामा अहिले विस्तार गरिएको आयोजनाले थप समस्या निम्त्याएको उहाँको भनाइ छ । उहाँले निर्माणाधीन सडक व्यवस्थित बनाउनुपर्ने भन्दै यसमा सङ्घीय सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिकामा कार्यरत रही सेवा प्रदान गरेका कर्मचारीलाई विभिन्न पदकका साथ सम्मान गरिएको छ । सो क्रममा बनेपा विशिष्ट सेवा पदक, बनेपा दीर्घ सेवा पदक, बनेपा सेवा पदक, बनेपा तारा, सेवानिबृत्त हुनुभएका शिक्षक, उत्कृष्ट करदातालगायतलाई सम्मान गरिएको छ । सो क्रममा नगरपालिकाको विभिन्न गतिविधि समेटेर तयार पारिएको ‘बनेपा बुलेटिन’ मन्त्रीलगायत अतिथिले सामूहिक रुपमा विमोचन गर्नुभएको थियो । –––

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery