Wednesday, February 11, 2026
Zenith Migration Education
Wednesday, February 11, 2026

अष्ट्रेलियामा लगानी प्रवर्द्धन कार्यक्रम सम्पन्न

Zenith Migration Education

सिड्नी: अष्ट्रेलियामा रहेको क्यानबेरा नेपाली राजदूतावासले लगानी प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।
नेपाली दूतावास, क्यानबेराले आगामी २८ गते हुन गइरहेको तेस्रो नेपाल लगानी सम्मेलनलाई नेपालमा लगानी प्रवर्द्धनका साथै संवेदनशील बनाउने उद्देश्यले सिड्नीमा सो कार्यक्रम आयोजना गरेको हो ।
२९ अप्रिल २०२४, एनआरएनए, अष्ट्रेलियाले कार्यक्रम आयोजना गर्न दूतावासलाई सहयोग गरेको थियो।
कार्यक्रममा करिब सय जना स्थापित तथा सम्भावित लगानीकर्ताहरुको उपस्थिति रहेको थियो।
राजदूत एच.ई. कैलाशराज पोखरेलले नेपाल लाभदायक लगानीका लागि उत्कृष्ट गन्तव्य भएकोमा जोड दिँदै नेपालमा लगानीका लागि विभिन्न आशादायी क्षेत्रहरू रहेको बताए ।

नेपाल सरकारले लगानीमैत्री वातावरण सिर्जना गरी नीतिगत सुधारका लागि विभिन्न पहल गरेको जानकारी दिँदै उनले तेस्रो नेपाल सम्मेलनमा सहभागी हुन आग्रहसमेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानी गर्नुपर्ने धेरै कारण औँल्याए र लगानीको प्रतिफललाई झन्झटमुक्त स्वदेश फिर्ता गर्न थप नीतिगत सुधार गर्न सुझाव दिए ।

दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले आगामी तेस्रो नेपाल लगानी सम्मेलनका साथै नेपालमा लगानीको समग्र नीति, कार्यविधि र संरचनागत व्यवस्थाका बारेमा बृहत् प्रस्तुति प्रस्तुत गरेका थिए । उनले नेपाल लगानी बोर्डमा अध्ययनरत लगानीका केही सम्भावित परियोजनाहरू पनि प्रस्तुत गरे ।

त्यसैगरी साउद्रन एकेडेमी ग्रुपका प्रमुख कार्यकारी अधिकृत मन केसीले पनि नेपालमा लगानीका विभिन्न पक्षबारे प्रकाश पार्दै प्रस्तुति दिएका थिए । एनआरएनए नेपालको लगानीको ठूलो स्रोत भएकोमा जोड दिँदै उनले भावनात्मक लगावका साथै स्थानीय यथार्थलाई राम्रोसँग बुझेर एनआरएनएले नेपालमा लगानी गर्ने आत्मविश्वास बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु