Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

विशेष कुराकानी- “हामी पारिवारिक वातावरणमा परामर्श दिन्छौं”, त्रिविक्रम श्रेष्ठ: स्मार्ट स्टडी एजुकेसन एण्ड भिजा सर्भिस

Zenith Migration Education

स्मार्ट स्टडी एजुकेसन एण्ड भिजा सर्भिसले विदेशमा अध्ययन गर्न चाहने नेपाली नागरिकलाई शैक्षिक परामर्श, भिजा प्रक्रियालगायतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएको छ । सो संस्थाको प्रमुख कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ भने काठमाण्डौं र हेटौडामा शाखा कार्यालय रहेको छ ।
विदेशमा अध्ययनार्थ जान चाहने नेपाली विद्यार्थीहरूले स्मार्ट स्टडी एजुकेसन एण्ड भिजा सर्भिसबाट के कसरी लाभान्वित भएका छन्, संस्थाले दिने सेवा लगायतका विषयमा वचनन्यूजले सो संस्थाका अध्यक्ष त्रि विक्रम श्रेष्ठसँग गरेको कुराकानीको प्रमुख अंश प्रस्तुत गर्दैछौंः

वचनन्यूज: स्मार्ट स्टडी एजुकेसन एन्ड भिजा सर्भिसको बारेमा छोटकरीमा बताइदिनुहोस् न ।

त्रिविक्रम  स्मार्ट स्टडी एजुकेसन एण्ड भिजा सर्भिसको स्थापना सन् २००८ मा सिड्नीमा भएको हो । यसका संस्थापक श्री सुरज श्रेष्ठ हुनुहुन्छ । यो संस्थाको मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा अवस्थित छ भने सन् २०१६ मा संस्थालाई विस्तार गर्ने क्रममा काठमाण्डौं र हेटौडामा यसको शाखाहरू छन् ।

वचनन्यूज: नेपालका विभिन्न ठाउँ र अष्ट्रेलियालगायत विभिन्न देशहरूमा यस्ता कन्सल्टेन्सीहरू अनगिन्ती खुलेका छन् । तपाईंहरूले यही व्यवसाय अपनाउनुको कारण के होला ?

त्रिविक्रम : स्मार्ट स्टडी एजुकेसन एण्ड भिजा सर्भिसको स्थापना सन् २००८ मा सिड्नीमा भएको हो । यसका संस्थापक श्री सुरज श्रेष्ठ हुनुहुन्छ । यो संस्थाको मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा अवस्थित छ भने सन् २०१६ मा संस्थालाई विस्तार गर्ने क्रममा काठमाण्डौं र हेटौडामा यसको शाखाहरू छन् ।

 तपाईंले भन्नुभएजस्तै अहिले अनगिन्ती संख्यामा यस्ता कन्सल्टेन्सीहरु खुलेका छन्, र हामीले पनि यही व्यवसाय अँगाल्नुको कारणचाहिँ व्यावसायिक उद्देश्य मात्रभन्दा पनि जतिबेला हामीले यो व्यवसाय सुरु गर्यौं, सन् २००८ तिर, त्यतिबेला कन्सल्टेन्सीहरु औंलामा गन्न सकिने संख्यामा थिए र नेपालबाहिर त शून्यप्राय नै थियो । यस्तो अवस्थामा नेपालबाट अष्ट्रेलियामा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई कुनै किसिमको शैक्षिक परामर्शको आवश्यकता पर्दा उनीहरुले निकै समस्या बेहोर्नु परेको अवस्था थियो । त्यही अवस्थालाई मध्यनजर गरी हाम्रा नेपालीहरुले विदेशमा अध्ययन गर्न आउँदा कुनै पनि किसिमको झमेला, दुःख नपाऊन् र सहज किसिमले अध्ययन गर्न पाऊन् भन्ने उद्देश्यले हामीले यो व्यवसाय सुरु गरेका हौँ ।

साथै, हामीले स्मार्ट स्टडी एजुकेसन एण्ड भिसा सर्भिसको शाखालाई नेपालमा विस्तार गर्नुको कारणचाहिँ, मैले एउटा मध्यम वर्गीय परिवारको विद्यार्थीको अष्ट्रेलियाको भिसा लागेको देखें र त्यो परिवारको खुसीको कुनै सीमा थिएन । विदेशमा अध्ययन गर्न जाने भन्ने कुरा उच्च वर्गको मात्र पहुँचको कुरा थियो । त्यसपछि यो पहुँचलाई सामान्य वर्गमा पनि पुर्याउनुपर्छ भन्ने सोचेर, हामीले डकुमेन्टेसनमा अलिकति प्रयास गरिदिँदा विदेशमा अध्ययन गर्न चाहने तर आर्थिक पहुँच नभएकाहरुले पनि यस्तो अवसर पाउन सक्छन् भने हामीले किन नगर्ने भनेर नै काठमाण्डौं र हेर्टाैडामा पनि शाखा विस्तार गरेका हौं ।

वचनन्यूज: कन्सल्टेन्सीले नेपाली विद्यार्थीलाई पुर्याउने सेवा भिजा पाउने वा नपाउने अवधिसम्मलाई मात्र हो या, विदेशमा अध्ययन गर्न गइसकेपछि ती देशमा विद्यार्थीले झेल्नु परेको समस्या आदिमा पनि सरोकार राखी सेवा पुर्याउँछ ?

त्रिविक्रम : यो कुरामा म के फोकस गर्न चाहन्छु भने, हामी उत्तरदायी भावना बोकेर काम गर्छौं । हाम्रो काम भिसा प्रक्रियासम्म मात्र सीमित रहँदैन । भिसा प्रक्रियापछि पनि अन्य थुप्रै सेवा विद्यार्थीलाई आवश्यक पर्छ । कतिपय विद्यार्थीको जुन देशमा अध्ययन गर्न जाने हो, सो देशमा आफन्तहरु हुने भएकाले खाने, बस्ने सुविधालगायतका कुराहरुमा सहज हुन्छ भने कतिपय विद्यार्थीको विदेशमा आफन्त, चिनेजानेका कोही पनि नभएको अवस्थामा उनीहरुलाई महंगो रकम तिरेर होस्टेलमा बस्नु पर्ने बाध्यता, बाहिर बसे पनि महंगो घरभाडा तिर्नुपर्ने अवस्था आउन सक्छ । हामीले त्यस्ता विद्यार्थीहरुलाई निःशुल्क एयरपोर्टबाट पिकअप गर्नेदेखि लिएर समूहमा कोठा साझा गरेर सस्तोमा बस्ने व्यवस्था गरिदिने, कोठा खोज्न, काम खोज्न सहजीकरण गरिदिने सम्मका सहयोग गर्ने गरेका छौं ।

वचनन्यूज: नेपालमा अनगिन्ती संख्यामा कन्सल्टेन्सीहरू खुलेका छन् । अन्य कन्सल्टेन्सी र स्मार्ट स्टडी एजुकेसन एण्ड भिजाको काम गराई, सेवाग्राहीले पाउने सेवा लगायतमा के कस्तो
भिन्नता छ ?

त्रिविक्रम : अरुभन्दा हाम्रोमा के फरक छ भन्दा, प्रायः विद्यार्थीहरुले छ महिनाको ट्युसन फि तिर्ने गर्दछन् । हामीचाहिँ विद्यार्थीहरुलाई एक वर्षको ट्युसन फि तिर्न प्रोत्साहन दिन्छौं । किनभने छ महिनाको मात्र ट्युसन फि तिर्दा छ महिनापछि विद्यार्थीलाई आर्थिकरुपमा निकै गाह्रो हुन्छ जसको कारण मानसिक तनावले गर्दा उनीहरुको पढाईमा यसले प्रत्यक्ष असर पार्दछ । किनभने छ महिनाको अवधिमा उनीहरु विदेशमा सेट्टल भइसकेका हुँदैनन् जसले गर्दां छ महिनापछि पढाई अगाडि बढाउन बाँकी छ महिनाको फि तिर्नुपर्ने हुन्छ । उनीहरुलाई पढाई गर्ने कि फि तिर्न पैसा जुटाउने भन्ने समस्याले पिरोल्न सक्छ । यता नेपालमा पनि विदेशमा पढ्न गएका छोराछोरीले जाने बितिक्कै पैसा कमाउन थालिहाल्छन् भन्ने कतिपय अभिभावकहरुको सोचाइ हुन्छ । जसले गर्दा विद्यार्थी दोहोरो मारमा पर्छन् । छ महिनापछि विद्यार्थी सेट्टल भइसकेपछि भने उसले काम गर्दै पनि पढाई खर्च र अन्य खर्च जुटाउन सक्छ । त्यसैले हामीले एक वर्षको फि अनिवार्य तिर्न प्रोत्साहन दिन्छौं ।

अर्को कुरा, अहिले कतिपय कन्सल्टेन्सीहरुले कतिसम्म ठगेका छन् भने, जस्तै कुनै विद्यार्थी आयो, उसको मिनिमम डकुमेन्ट जस्तै: IELTS स्कोर नपुगेको, आयस्रोत नभएकाहरुलाई पनि पैसा बढी लिएर प्रोसेस चालिदिएका हुन्छन् । तर हामी विशेष गरी के कुरामा सुरुमै फोकस गर्छौं भने, उसको बेसिक डकुमेन्ट पुगेको छ कि छैन, यदि छैन भने मिल्दैन भनिहाल्छौं । उदाहरणको लागि अस्ट्रेलिया जानको लागि विद्यार्थीसँग क्यास नै २१ देखि २२ लाख हुनपर्छ र यदि कसैले पनि सो बराबरमो रकम जम्मा गर्न सक्दैन भने प्रक्रिया अघि नबढाउन हामी सल्लाह दिन्छौं ।

वचनन्यूज: कतिपय नेपालीहरू कन्सल्टेन्सीबाट ठगिएको, लागतभन्दा चर्को शुल्क असुल्ने गरिएको भन्ने गुनासोहरू सुनिन्छ र यस बारेमा बेलाबेलामा समाचार पनि आउने गरेको छ । यस्तो किन र कसरी हुन्छ ?

त्रिविक्रम : विद्यार्थीले काउन्सेलिङमा हरेक कुरा १००% बुझ्नुपर्छ । जस्तै यताबाट के हुन्छ, पैसा पठाएपछि के हुन्छ सबै कुराको जानकारी राख्नुपर्छ । आफ़ै सचेत भइएन भने ठगिइन सक्ने सम्भावना रहन्छ । सबै कन्सल्टेन्सीहरुको सेवाको भावना हुन्छ भन्ने छैन । कतिपयले शैक्षिक परामर्श दिने भनेर खोलेका कन्सल्टेन्सीलाई म्यानपावर जस्तो पनि बनाएका छन् । त्यसैले विदेशमा अध्ययन गर्न जान चाहनेहरु नै बढी मात्रामा सचेत हुनुपर्छ ।

वचनन्यूज: स्मार्ट स्टडी एजुकेसन एण्ड भिजा सर्भिसबाट भविष्यमा नेपाली विद्यार्थीहरूले के कस्तो सेवा सहज रूपमा पाउन सक्छन् ?

त्रिविक्रम : अघि भनेजस्तै अष्ट्रेलिया गइसकेपछि पनि सहयोग चाहिएको खण्डमा सर्भिस चार्जबिना सहयोग गर्छौं किनकि हाम्रो आफ्नै कलेज पनि छ जसको नाम हो रकफोर्ड कलेज । त्यसैले बस्ने ठाउँको लागि हामी न्युनतम शुल्कमा होस्टेल पनि दिन्छौं र हामी एकदम पारिवारिक वातावरणमा रहेर परामर्श दिन्छौं। त्यसैगरी विद्यार्थीहरूले अष्ट्रेलिया पुगिसकेपछि पि आर को लागि एप्लाई गर्न समेत हामी सहजीकरण गरिदिन्छौं ।

वचनन्यूज: अन्तमा केही भन्न चाहनुहुन्छ ?

त्रिविक्रम : म यो काममा अत्यन्तै सन्तुष्ट छु किनभने मैले व्यवसाय गरें पनि, पैसा पनि कमाए सबै गरें र अहिले यो काम गर्दा र विशेष गरी मध्यम वर्गका विद्यार्थीहरुलाई सहयोग गर्न पाँउदा एकदम गर्व महसुस हुन्छ । हामीले भविष्यमा अझ राम्रो सेवा दिनको लागि के के गर्नुपर्छ, म आम पाठकहरुबाट सल्लाह र सुझावको समेत अपेक्षा गर्दछु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic