Thursday, August 27, 2026
Zenith Migration Education
Thursday, August 27, 2026

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली

Zenith Migration Education

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

५९ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिको लागि लोकतान्त्रिक गणतन्त्र साधन मात्र रहेको उल्लेख गर्दै राजनीतिको गन्तव्य मानवजातिको सुख र समृद्धि भएको बताए ।

अध्यक्ष ओलीले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको धारणा राखे। समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानाता, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने उनले बताए ।

उनले मानिस रङ्ग, जात र सम्पति, धर्म वा कुलिनको हिसाबले कोही जन्मँदै श्रेष्ठ वा नीच भन्ने नहुने बताए । उनले सबै मानिस जन्मँदा बराबर जन्मिन्छन् र स्वतन्त्र हुने बताए ।

“जातका आधारमा, रङ्गका आधारमा, वर्ण तथा लिङ्गका आधारमा वा कुनै आधारमा मानिस ठूलो र सानो भन्ने हुँदैन । कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्दछ । तर कोही ठूलो सानो भन्ने हुँदैन । छुतअछूत भन्ने कुरा हुँदैन”, उनले भने।

अध्यक्ष ओलीले एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पारे। उनले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै सङ्गठित गरेर अघि बढाउँदा जातीय विभेद् अन्त्य गर्न सकिन्छ भनेर विसं २०४५ मा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद् विरुद्धको आन्दोलन चलाएको बताए ।

हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु