काठमाडौँ: गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा सजिकेओ ‘फरर डोरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको उक्त युगल गीतमा मायाको डोरी आफ्नी मायालुलाई गास्न गीत मार्फत आग्रह गरिएको छ ।
जीवन भण्डारीको शब्द तथा विष्णु डुम्रेको संगीत रहेको उक्त गीतमा लोमस शर्मा र अस्मिता रणपालको अभिनय रहेको छ भने अजय रेग्मीको छायांकन, अमृत चापागाईंको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ।



