Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

  नझुक्ने र नझुक्किने केकी अधिकारी

Zenith Migration Education

सिडनी-सजिलो चर्चाको मोह कहिल्यै राखिनन्, न त सस्तो लोकप्रियताको खोजीमै लागिन्। आफ्नो कर्म, समर्पण र प्रतिभाले खरो उत्रिँदै अभिनेत्री केकी अधिकारीले आज नेपाली चलचित्र क्षेत्रमा अलग स्थान बनाएकी छिन्।  

नाटकियता, विवाद वा अनावश्यक तडकभडकबाट सधैँ टाढा, उनले शालीनता र सौम्यताले आफ्नो व्यक्तित्व र अभिनयलाई सुसज्जित गरिरहेकी वरिष्ठ चलचित्रकर्मी बद्री अधिकारीकी सुपुत्री हुनुले 

केकीको यात्रा सुरु गर्न सहज देखिए पनि उनले आफ्नो पहिचान निर्माणका लागि कठोर परिश्रम गरिन्। म्युजिक भिडियोबाट सुरु भएको उनको यात्रा टेलिभिजन हुँदै ठूला पर्दासम्म आइपुग्दा नेपाली फिल्म क्षेत्रका लागि प्रेरणाको कथा बनेको छ। उनका प्रस्तुति र व्यक्तित्व यस्ता छन्, जसले दर्शकलाई बाँध्न मात्र होइन, प्रभावित गर्न समेत सक्षम छ।

चलचित्र बोक्सीको घर,ले उनलाई अपार चर्चा र ख्याति दिलायो। नाम, दाम र प्रशंसाका बाबजुद पनि उनी कहिल्यै मात्तिनन्। असफलताका मोडले उनलाई हतोत्साहित गर्न सकेनन्, न त सफलताका शिखरले उनीलाई बदल्न सके। जीवनका आरोह-अवरोहलाई सहजतापूर्वक आत्मसात् गर्दै उनले आफ्नो कर्मपथलाई स्थिर बनाइराखेकी छिन्।

जीवनमा थुप्रै अन्य अवसर आए पनि उनले कलाकारितालाई नै आफ्नो ध्येय बनाइन्। यो क्षेत्रमा देखिने ग्ल्यामरभन्दा धेरै पर उनले आफ्नो यात्रा संघर्ष र समर्पणले कोरेकी छन्। विवादबाट टाढा रहँदै पनि प्रभावशाली उपस्थिति दिन सक्ने उनका क्षमताले उनलाई चलचित्र क्षेत्रमै फरक स्थान दिलाएको छ।

उनको प्रस्तुतिमा सहजता छ, र व्यक्तित्वमा परिपक्वता। उनलाई नजिकबाट हेर्नेहरूका लागि मात्र होइन, नेपाली कलाकारिताका लागि समेत उनी एउटा प्रेरणाको स्रोत हुन्। नेपाली कला र चलचित्रको उचाइ बढाउन उनले गरेको योगदान सधैँ अविस्मरणीय रहिरहनेछ।

जन्मदिनको विशेष शुभकामना, केकी अधिकारी! तपाईंको उचाइ अझ चुलियोस्, सफलता अझ झांगियोस्। नेपाली कला र संस्कृति तपाईंका कारण विश्वभर चिनिइरहोस्!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु