Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

एनपिएल : नरेन साउदको उत्कृष्ट बलिङसँगै सुदूरपश्चिमको दोस्रो जित

Zenith Migration Education

काठमाडौं – नरेन साउदको उत्कृष्ट बलिङको मद्दतले सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ।

१६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको टोली १५.५ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रनमै रोकियो। सुरुआतमा ४९ रन जोड्दासम्म ४ विकेट गुमाइसकेको काठमाडौंले राम्रो सुरुआत गर्न सकेन। माइकल लेभिट (५), शंकर राना (३), भीम सार्की र जेराड इरामस (१०/१०) सस्तैमा आउट भए।

त्यसपछि सुमित महर्जनले १४ रन बनाएर पवेलियन फर्किंदा काठमाडौं थप दबाबमा पर्‍यो। ७४ रनमा ५ विकेट गुमाएको काठमाडौंले त्यसपछि मात्र १२ रन जोड्ने क्रममा बाँकी ५ विकेट गुमायो। स्टेफन इस्किनाजीले ३७ रन बनाए भने रसिद खान (२), प्रतिक श्रेष्ठ (८), करण केसी (१) र साहब आलम (१) समेत सस्तैमा आउट हुँदा टोली ९४ रनमै अलआउट भयो।

बलिङतर्फ नरेन साउद नायक बने, जसले ३.५ ओभर बलिङ गर्दै १९ रन खर्चेर ५ विकेट लिए। अविनाश बोहराले २ विकेट लिएर उनलाई समर्थन गरे।

त्यसअघि, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो। ओपनर सेफ जेब ११ रनमै आउट भए पनि दोस्रो विकेटका लागि विनोद भण्डारी (३५) र ब्राण्डन मकमलेन (५०) ले ८६ रनको साझेदारी गर्दै इनिङ्स उकासे। ब्राण्डनले ३१ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे।

इन्निङ्सको अन्त्यतिर दीपेन्द्र सिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्कासहित ४३ रनको आक्रामक पारी खेले। बाँकी ८ बलमा सुदूरपश्चिमले ५ रन मात्रै थप्न सकेको थियो। बलिङमा रसिद खानले २ विकेट लिए भने करण केसी, साहब आलम र जेराड इरामसले समान १ विकेट लिए।

यो जितसँगै सुदूरपश्चिमले ४ अंक बनाएको छ। पहिलो खेलमा सुदूरले विराटनगरलाई पराजित गरेको थियो। तेस्रो खेल खेलेको काठमाडौंको भने यो दोस्रो हार हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु