Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

पिच बुझ्न गल्ती भयो : काठमाडौं गुर्खाजका प्रशिक्षक शाही

Zenith Migration Education

काठमाडौं गुरखाजका प्रशिक्षक वसन्त शाहीले सुदूरपश्चिमको लक्ष्य पछ्याउने योजना रहे पनि पिचको सही मूल्यांकनमा गल्ती भएको स्वीकार गरेका छन्।

सुदूरपश्चिमसँग ठूलो हार व्यहोरेपछि प्रशिक्षक शाहीले अघिल्लो दिन दोस्रो इनिङ्समा पिच राम्रोसँग बाउन्स भएकाले त्यही प्रदर्शन दोहोरिने अपेक्षा गरेको बताएका छन्। तर, पिच आफ्नो अनुमानअनुसार नभएको उनले स्पष्ट गरे।

उनले बलिङमा सुधार गरेपछि ब्याटिङमा सहज नहुने आशंका भएको उल्लेख गर्दै, राम्रो प्रदर्शन गर्ने लक्ष्यकै कारण १२ रनमै ६ विकेट गुमाउनु परेको बताए। लगातार दुई खेल गुमाएकाले आगामी खेल चुनौतीपूर्ण हुने स्वीकार्दै, बाँकी खेलहरूमा सुधार गरेर जित निकाल्ने लक्ष्य रहेको शाहीले बताए।

सुदूरपश्चिम रोयल्सका लागि पाँच विकेट लिएका नरेन साउदले प्रशिक्षक जगत टमटा र कप्तान दीपेन्द्रसिंह ऐरीले सही लाइन र लेन्थमा बलिङ गर्न प्रेरित गरेको बताए। उनीहरूको निर्देशनकै कारण सफलता हात पारिएको भन्दै उनले धन्यवाद व्यक्त गरे।

नरेनले यु–१९ एशिया कपबाट फर्किएर पहिलो खेलमा नै जित हात पार्दै म्यान अफ दी म्याच बन्ने विश्वास रहेको खुलाए। उनले एशिया कपको अनुभवले एनपीएलमा मद्दत गरेको बताउँदै, इरासमसको छक्कापछि नै विकेट लिँदा अत्यन्तै खुशी लागेको अनुभूति बाँडे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु