Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

ओबर्नमा नेपाली समुदायको लागि ‘हाम्रो ग्रोसरी स्टोर’ खुल्यो

Zenith Migration Education

सिडनी- अष्ट्रेलिया,नेपाली समुदायको बाक्लो उपस्थिति रहेको सिडनीको ओबर्नमा नयाँ ‘हाम्रो ग्रोसरी स्टोर’ खुलेको छ। ओबर्न सेन्ट्रलनजिकैको कुइन स्ट्रीटमा अवस्थित यस स्टोरले नेपाली तथा अन्य दक्षिण एसियाली समुदायका दैनिक उपभोग्य सामग्रीहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्य राखेको छ।

स्टोरमा चामल, नुन, तेल, आलु, प्याज, दाल, चिनी, मसला, चाउचाउ, चिया, कोल्ड ड्रिंक्स, ताजा मासुजस्ता आवश्यक वस्तुहरू गुणस्तरीय रूपमा उपलब्ध छन्। ग्राहकहरूको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै ताजा र भरपर्दो सामग्रीको व्यवस्थापन गरिएको छ।

स्टोरका सञ्चालक रोशन खतिवडाले भने, “नेपाली समुदायका लागि आवश्यक सामग्रीहरू सहज र किफायती मूल्यमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। समुदायको माया र विश्वासले यस व्यवसायलाई सफल बनाउने अपेक्षा गरेका छौँ।”

ओबर्न नेपालीहरूको बसोबासका साथै व्यापारिक गतिविधिको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको छ। यहाँ नेपाली ग्रोसरी स्टोर, रेस्टुरेन्ट, बुटिक, तथा अन्य सेवामूलक व्यवसायहरू सञ्चालनमा छन्, जसले समुदायको आवश्यकतामा महत्त्वपूर्ण योगदान पुऱ्याइरहेका छन्।

‘हाम्रो ग्रोसरी स्टोर’ ले पनि यसै परम्परालाई निरन्तरता दिँदै नेपाली समुदायको आवश्यकता पूरा गर्न थप सहजता र गुणस्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाली समुदायसँगको सहकार्य र विश्वासका आधारमा यो स्टोरले ओबर्न र वरपरका बासिन्दाको विश्वास जित्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु