Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

नेपमेलोको प्रस्तुती:साली हो भाटु हो सार्वजनिक

Zenith Migration Education


सिडनी-अष्ट्रेलिया नेपमेलो चियरिङ टुगेदरको प्रस्तुतिमा सिर्जन खरेलको साथमा “साली हो भाटु हो” बोलको नयाँ थारु संस्कृति र मौलिकतामा आधारित गीत सार्वजनिक भएको छ।

यस गीतका गायकद्वय समीर आचार्य र अनु चौधरीले थारु समुदायको मौलिकता, हाँसो, गीत र नृत्यलाई प्रतिविम्बित गर्न सफल प्रयास गरेका छन्। गीतको रचना र संगीतसमेत गायक समीर आचार्य आफैंले गरेका हुन्।

गीतको संगीत निर्माण केशव बडुले गरेका छन् भने मिक्स र मास्टरिङ श्यामश्वेत रसाईलीले गरेका छन्। सिड्नीको नेपमेलो स्टुडियो र काठमाडौंको फाइन ट्युन डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतको उत्कृष्ट संगीत संयोजनले स्रोता तथा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ।

भिडियोमा चक्र बम, उषा उप्रेती र सिर्जन खरेलले प्रमुख भूमिका निर्वाह गरेका छन्। मेकअपको जिम्मेवारी विमला तामाङले सम्हालेका छन् भने आर्ट निर्देशन जताशंकर घोषाईले गरेका छन्। यस भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन्।

प्रोडक्सन म्यानेजर तथा सहायक कोरियोग्राफर अमर रावल (कोसिस) हुन्। मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका छन् भने जेर्री भण्डारीले कोरियोग्राफी र निर्देशनको जिम्मेवारी पुरा गरेका छन्। पोस्टर डिजाईन टाउवा क्रिएसनले तयार पारेको हो।

यस गीतबारे सिर्जन खरेल भन्छन हाम्रो थारु समुदायको मौलिकता संग मिसिएको गीत ‘साली हो भाटु हो’ मा हजुरहरू नाच्न, गाउन र हास्न पाउनुहुनेछ। यो गीत थारु संस्कृति र परम्परालाई झल्काउने मात्र नभई, नयाँ पुस्ताको लागि सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार गर्ने माध्यम पनि हो।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु