Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

टिकटक नेपालको सञ्चार मन्त्रालयमा दर्ता, साइबर अपराध नियन्त्रणमा सहकार्यको प्रतिबद्धता

Zenith Migration Education

काठमाडौं – सामाजिक सञ्जाल र भिडियो प्लेटफर्म टिकटकले अब नेपालमा औपचारिक रूपमा दर्ता भएर सञ्चालन गर्ने अनुमति पाएको छ। टिकटकका प्रतिनिधिहरूले मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवश्यक प्रक्रिया पूरा गरी दर्ताको प्रमाणपत्र लिएका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार टिकटकको सूचीकरणबारे तिहारअघि नै निर्णय गरिएको थियो। आवश्यक कागजात बुझाएपछि टिकटकले नेपाल सरकारसँगको औपचारिक सम्पर्क स्थापना गरेको हो।

नेपालमा टिकटकको गतिविधिलाई नियन्त्रण गर्न चार सर्त राखिएको थियो, जुन सर्त टिकटकले पालन गर्ने प्रतिबद्धता जनाएको छ। टिकटकले अब करदाता र पान नम्बर समेत लिईसकेको छ, जसबाट उसले नेपालमा कानूनी रूपमा कार्य गर्न पाउनेछ।

२०८० कात्तिक २७ गते ‘सामाजिक सद्भाव खलबल्याएको’ विषयलाई दृष्टिगत गरी सरकारले टिकटकलाई नेपालमा प्रतिबन्ध गरेको थियो । सरकारले २०८१ भदौ ६ गते ससर्त टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । टिकटकको दक्षिण एसिया हेर्ने टोलीसँगको संवादपछि भदौ १९ गतेदेखि औपचारिक रूपमा टिकटक खुलेको हो ।

सहसचिव ठाकुरले टिकटकले साइबर अपराध अनुसन्धानमा सहयोग पुर्याउने आश्वासन दिएको र नेपालमा साइबर ब्युरोलाई आवश्यक उपकरण उपलब्ध गराएको जानकारी दिनुभयो। उनले टिकटकले सामग्री व्यवस्थापनमा सुधार ल्याउने योजना अघि बढाएको र ‘कन्टेन्ट फिल्टर’ प्रक्रियालाई सिङ्गापुरबाट सञ्चालन गर्न नेपालीलाई पनि सहभागी गराउने सहमति गरेको बताए।

ठाकुरका अनुसार, नेपालमा चल्ने टिकटक सामग्रीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत फिल्टर गर्न नसकिएमा, साइबर ब्युरोसँगको समन्वयमा टिकटकले ४८ घण्टाभित्र आपत्तिजनक सामग्री हटाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु