Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

यू-१९ महिला विश्वकप छनोटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

Zenith Migration Education

यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

दुबईको दी सेभेन्स स्टेडियममा यो खेल नेपाली समय अनुसार बिहान ११:३० बजे सुरु हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो र अहिले पनि त्यो लयलाई कायम राखेर दोस्रो खेल जित्ने लक्ष्यमा छ।

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डको टोली ३५ रनमै समेटिएको थियो। नोभेम्बर १४ सम्म चल्ने यस छनोटमा आयोजक युएई, नेपाल, कुवेत र थाइल्याण्डबीच डबल राउण्ड रोबिन आधारमा प्रतिस्पर्धा भइरहेको छ।

यो छनोट प्रतियोगितामा नेपाल, कुवेत, यूएई र थाइल्याण्डको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु