Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

ग्रेस इन्टरनेशनलद्वारा प्रस्तुत नेपाल महोत्सव २०२४ को लागि अडिसन सम्पन्न

Zenith Migration Education

सिडनी-शनिबार एनआरएनए अष्ट्रेलियाको कार्यालय रहेको हल म्यारील्याण्डमा ग्रेस इन्टरनेशनलद्वारा प्रस्तुत नेपाल महोत्सव २०२४ को लागि अडिसन सम्पन्न गरियो, जुन नोभेम्बर २३ मा आयोजना गरिनेछ। महोत्सवको मुख्य उद्देश्य अष्ट्रेलियाली दर्शकहरूलाई नेपाली संस्कृति परिचय गराउनुका साथै स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नु हो। विशेषगरी युवापुस्ताका कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको यो महोत्सवमा नेपाली सांस्कृतिक नृत्यका झलकहरू प्रस्तुत गरिनेछ।

डान्स कोरियोग्राफरहरू भीमसेन गुरुङ र विजय जंग थापाको नेतृत्वमा महोत्सवमा नेपाली संस्कृतिको झल्को दिन जोडतोडले तयारी भइरहेको छ। कार्यक्रमकी सांस्कृतिक संयोजक सबला बस्नेतका अनुसार, यसपटकको नेपाल महोत्सवले नेपाली समुदायसँगै अष्ट्रेलियाली दर्शकलाई पनि आकर्षित गर्ने लक्ष्य राखेको छ। उनले यस महोत्सवलाई अत्यन्त रोचक र सफल बनाउन आफूहरू प्रतिबद्ध रहेको बताइन्।

कोरियोग्राफर विजय जंग थापाले भने, “यसपटक नवप्रतिभासहित स्थानीय कलाकारहरूलाई नृत्य प्रस्तुतिका लागि तयार गरिएको छ।” शनिबारको अडिसनले महोत्सवमा हजारौं दर्शकलाई नचाउने र हाम्रो सांस्कृतिक पहिचानलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। सबैको साथ र समर्थन आवश्यक रहेको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु