Wednesday, July 22, 2026
Zenith Migration Education
Wednesday, July 22, 2026

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

Zenith Migration Education

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो।

२०८१ साउन ९ गते बुधबार बिहानको करिब ११ बजेको समयमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि केएमसी अस्पताल, सिनामंगलमा लगिएको थियो।

सरकारले यो दुर्घटनाको अनुसन्धान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु