Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु

Zenith Migration Education

काठमाडौं – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले १८ जनाको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेको छ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रद्वारा जारी गरिएको प्रेस विज्ञप्तिका अनुसार आगो नियन्त्रणमा ल्याइएको छ र घटनास्थलबाट १८ शव संकलन गरिएको छ।

९एन-एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरातर्फ जाँदै गर्दा विमानस्थल परिसरभित्रै दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्यहरू सहित १९ जना सवार थिए।

क्याप्टेन मनिष शाक्य विमानको पाइलट थिए। उनलाई घटनास्थलबाट उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु