Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

सहकारी छानबिन समितिले पीडितहरूसँग छलफल गर्ने

Zenith Migration Education

सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग परामर्श गर्ने भएको छ।मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले बुधबार, असार २६ गते पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार, सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना छ। आजको बैठकमा सहकारी विभागका पदाधिकारीहरूसँग छलफल गरिएको थियो। बुधबारको छलफलले समस्या समाधानका लागि थप तथ्यहरू संकलन गर्न मद्दत गर्नेछ।

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग पनि छलफल गरिसकेको छ। अब, पीडितहरूसँग पनि परामर्श गरी सहकारी क्षेत्रमा देखिएका समस्याहरूको समाधानका उपायहरूको खोजी गरिने सभापति थापाले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु