Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

ओबर्न सेन्टरलमा वृद्ध नागरिक लडेर घाइते

Zenith Migration Education

न्यू साउथ वेल्स (NSW) को ओबर्न सेन्टरलबाट किनमेल गरेर फर्किंदै गर्दा एक वृद्ध नागरिक, जसको उमेर करिब ६० वर्षमाथिको थियो, अचानक लड्न पुगेका छन्। यस क्रममा उनी अनुहारमा चोट लागेर नाकबाट रगत बगिरहेको थियो। यो घटना आज दिनको करिब ४ बजे भएको हो।

घटनापछि ओबर्न सेन्टरलका सुरक्षा गार्डहरू तुरुन्तै घटनास्थलमा पुगे र वृद्ध नागरिकलाई सहयोग पुर्‍याउन एम्बुलेन्स बोलाएर अस्पताल पठाउने तयारी गरे। सुरक्षा गार्डहरूले वृद्धको अवस्थाको जानकारी लिएर उनीहरूको प्राथमिक उपचारमा सहयोग गरेका थिए।

घटना मानिसहरूको बाक्लो आवतजावत हुने द्वारमा भएको हुँदा सर्वसाधारणले पनि यो घटना देख्न पाएका थिए र उनीहरू घटना बारे जान्न उत्सुक थिए। वृद्ध नागरिकको अवस्था निकैबेरसम्म गम्भीर रहनाले सुरक्षागार्डहरूको टोलीले करिब ४:४५ बजे उनलाई अस्पताल पठाएको थियो। सुरक्षा गार्डहरूको तत्परताका कारण र सर्वसाधारणको सहयोगले वृद्धको उद्दार सम्भव भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु