Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

बाढी र पहिरोका कारण हालसम्म ७० जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन्।

Zenith Migration Education

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले हालसम्म ७० जनाको ज्यान गएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते, र पाँच जना बेपत्ता भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यस अवधिमा देशभर ९६६ वटा बाढीपहिरोका घटनाहरू भएका छन्। यसबाट ८६ घरमा क्षति पुगेको र ३३५ पशुचौपायको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको छ।

चार हजार सात सय ९० प्रहरी बाढीपहिरोमा परिचालित गरिएको छ र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० रूपैयाँ बराबरको क्षति भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु