Saturday, July 25, 2026
Zenith Migration Education
Saturday, July 25, 2026

नवलपरासी कारागारका शाखा अधिकृत एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित पक्राउ।

Zenith Migration Education

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागार कार्यालयमा कार्यरत शाखा अधिकृत विनोदकुमार दत्त एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित पक्राउ परेका छन्।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले कारागार प्रशासकको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। सेवाग्राहीलाई काम गरेबापत सेवा सुविधा दिन सहजीकरण गरिदिने बहानामा घुस मागेको सूचनाका आधारमा टोलीले उनलाई समातेको हो।

घुस लिँदै गरेका बेला पक्राउ परेका दत्तबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु