Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

पहिलो पुस्ताका एक अग्रज पास्टर अब्दियल मुखियाको ८८ वर्षको उमेरमा निधन

Zenith Migration Education

काठमाडौँ: पहिलो पुस्ताका अग्रजहरूमध्येका एक पास्टर अब्दियल मुखियाको ८८ वर्षको उमेरमा निधन भएको छ।
पास्टर अब्दियल मुखियाको २६ जुन, २०२४ बुधबारका दिन निधन भएको पारिवारिक सूत्रले जनाएको छ।
स्व. पास्टर मुखियाको आज शुक्रबार ललितपुर स्थित स्तुति प्रशंसा चर्चमा बिदाइ कार्यक्रमको आयोजना गरी श्रद्धान्जली अर्पण गरियो। उक्त बिदाइ कार्यक्रममा स्व. पास्टर अब्दियल मुखियाको परिवार,आफन्त, मण्डलीका सदस्यलगायत विभिन्न मण्डली, संघ-संस्थाका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।

स्व. पास्टर अब्दियल मुखिया विगत ४० वर्षदेखि निरन्तर सेवकाइमा सक्रिय हुनुहुन्थ्यो। उहाँ सन् १९६५ तिर नेपाल आउनुभई पर्यटन व्यवसायमा कार्यरत रही तत्पश्चात अमेरिका जानुभयो र अमेरिकाको बसाइपछि जवानहरूको बीचमा सेवा गर्ने दर्शन बोकी नेपाल आउनुभई मुक्ति मण्डली स्थापना गरी आफूलाई सेवकाइमा समर्पण गर्नुभयो। पछि ललितपुरमा चेला संगति मण्डली सुरु गरी अनवरतरूपमा सेवा पुर्याउँदै आउनुभएका स्व. पास्टर मुखियाले नेपाल ख्रीष्टियन समाज, प्रिजन फेलोशिपलगयात विभिन्न संघ-संस्थामा समेत आवद्ध भई नेपाली ख्रीष्टियन समुदायलाई सेवा पुर्याउनुभयो।

स्व. पास्टर मुखियाको बिदाइ सेवामा प्रिजन फेलोशीपका निर्देशक दिनेश न्यौपाने, नेपाल ख्रीष्टियन समाजमा महासचिव डिल्लीराम पौडेल, नेपाल ख्रीष्टियन फेल्लोशिप (एनसीएफ) का अध्यक्ष तथा आराधना चर्चका पास्टर हनोक तामांग, एल- बेथेल चर्चका पास्टर सामुएल सोदेम्बाले स्व. पास्टर मुखियाको सेवकाइ, जीवनीको बारेमा प्रकाश पार्नुभई नेपाली ख्रीष्टियन समुदायमा उहाँको योगदान चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु