Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

सिड्नीमा नेपाली मुस्लिम समुदायले मनायो बकर ईद

Zenith Migration Education

सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली मुस्लिम समुदायले बकर ईद (ईद–उल–अधा) उत्साहपूर्वक मनाएका छन् ।

Nepal Muslim Community in Australia को आयोजनामा तथा अध्यक्ष जमालुदिन मियाँ को नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

सिड्नीको Guthi Party Palace मा आयोजित कार्यक्रममा सिड्नीमा बसोबास गर्ने नेपाली मुस्लिम समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले एक–अर्कामा शुभकामना आदान–प्रदान गर्दै पर्व मनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जमालुदिन मियाँले बकर ईद त्याग, बलिदान र मानवताको पर्व भएको उल्लेख गर्दै समुदायमा आपसी भाइचारा, सहिष्णुता र एकता अझ मजबुत बनोस् भन्ने शुभकामना व्यक्त गरे ।

आयोजकका अनुसार कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु