सिड्नी — Anil Keshary Shah सँग नेपाली डायस्पोरा, उद्यमशीलता, अर्थतन्त्र, संस्कृति, भू–राजनीति र युवापुस्ताको भूमिकाबारे केन्द्रित विशेष अन्तरक्रिया कार्यक्रम सिड्नीमा सम्पन्न भएको छ।
CnerG का Founder तथा Customer Success Manager रायन श्रेष्ठको नेतृत्वमा आयोजित कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी, अभियन्ता, पेशाकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा NRNA Australia का संस्थापक अध्यक्ष मन केसीसहित समुदायका अगुवाहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

“A Global Nepalese Diaspora Conversation with Anil Keshary Shah” शीर्षकमा आयोजित अन्तरक्रियामा नेपाल अहिले ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै देश, सरकार, निजी क्षेत्र र विश्वभर रहेका नेपालीहरूले अब के गर्नुपर्छ भन्ने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा शाहले नेपालको अर्थतन्त्र, उद्यमशीलता, बैंकिङ प्रणाली, लगानी वातावरण तथा वित्तीय साक्षरताबारे आफ्नो धारणा राखेका थिए। उनले नेपालमा बढ्दो brain drain, युवापुस्ताको विदेश पलायन र reverse migration को सम्भावनाबारे समेत चर्चा गर्दै नेपाललाई आर्थिक रूपमा आकर्षक बनाउन नीति, लगानी र नवप्रवर्तन आवश्यक रहेको बताए।

छलफलमा नेपाली डायस्पोराले केवल remittance पठाउने भूमिकामा सीमित नभई ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय नेटवर्कलाई नेपालसँग जोड्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा नेपालमा उदाउँदो startup culture, innovation ecosystem तथा युवाहरूमा बढ्दो entrepreneurial mindset लाई सकारात्मक संकेतका रूपमा व्याख्या गरिएको थियो।
त्यसैगरी नेपालको भू–राजनीतिक अवस्थाबारे समेत चर्चा गर्दै नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर रणनीतिक कूटनीति अघि बढाउनुपर्ने धारणा सहभागीहरूले राखेका थिए। विश्वव्यापीकरणसँगै नेपाली समाजमा देखिएका सांस्कृतिक परिवर्तन, पारिवारिक मूल्य, पहिचान संरक्षण र आधुनिकताबीचको सन्तुलनबारे पनि कार्यक्रम केन्द्रित रहेको थियो।

युवापुस्तालाई लक्ष्य गर्दै आयोजित सत्रमा अनुशासन, अनुभवबाट सिकाइ, सफलताका बानी तथा दीर्घदृष्टिको महत्त्वबारे प्रेरणादायी विचार राखिएको थियो।
कार्यक्रमको अन्त्यमा नेपाललाई समृद्ध र प्रतिस्पर्धी राष्ट्र बनाउन सरकार, निजी क्षेत्र, नीति निर्माता र डायस्पोराबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको आयोजकले जनाएको छ।






