Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ, यस्तो बन्यो कार्यसमिती

Zenith Migration Education

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो ।

महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियापछि मंगलबार सम्पन्न मतदानको मतगणना बुधबार दिउँसो सकिएको छ । त्यसबाट विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।

जिल्ला तथा नगरतर्फ दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएर सफलता हासिल गरेका हुन् ।

त्यसैगरी, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गरेका हुन्, जसले ६० मत पाएका थिए ।

एसोसिएटतर्फको उपाध्यक्ष पदमा लोमस फर्मास्युटिकल्सका प्रबलजंग पाण्डे विजयी भएका छन् । उनले मेरिगोल्ड ज्वेलर्सकी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा स्थान सुरक्षित गरेका हुन् ।

नयाँ नेतृत्वसँगै महासंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आर्थिक गतिविधि सुदृढ गर्ने, उद्योग–व्यापारमैत्री वातावरण निर्माण गर्ने र नीतिगत संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु