Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

नयाँ वर्ष हंगामा’का लागि गौरी मल्ल टोली सिड्नी आइपुग्यो

Zenith Migration Education

सिड्नी — नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरिएको ‘नयाँ वर्ष हंगामा’ कार्यक्रम आज (शुक्रबार) सिड्नीमा हुँदैछ। पाल्पा इन्टरटेन्मेन्टको आयोजनामा हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा वरिष्ठ अभिनेत्री गौरी मल्ल, हास्य कलाकार बिक्सी अग्रवाल र मिस पबीसहित ‘कमेडी दरबार’ टोलीको विशेष प्रस्तुति रहनेछ। साथै, लोकप्रिय गायक रमेशराज भट्टराई, गायिका सृजना खत्री (हाउडी माया) र गायक **सुबास खत्री (गल्बन्दी)**को सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहने बताइएको छ।

अन्य केही कलाकार भने केही दिनअघि नै सिड्नी आइपुगीसकेका थिए भने प्रख्यात अभिनेत्री गौरी मल्ल, हास्य कलाकार बिक्सी अग्रवाल र मिस पबी बिहीबार साँझ सिड्नी आइपुगेका हुन्।

कलाकारहरूको स्वागतका लागि सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्म निर्देशक सोभित बस्नेतसहित आयोजक तथा कलाकारहरूको टोली पुगेको थियो। पाल्पा इन्टरटेन्मेन्टका अध्यक्ष सुभाष थापा र उनको टिमले औपचारिक स्वागतको व्यवस्थापन गरेका थिए।

आगमनलगत्तै कलाकारहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम आबर्नस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा सम्पन्न गरिएको थियो। व्यवसायी रञ्जीत शाहको टिमद्वारा आयोजित उक्त कार्यक्रममा सञ्चारकर्मी हेमन्त काफ्ले लगायतको उपस्थिति रहेको थियो भने सहभागीहरूका लागि डिनरको व्यवस्था ग्रान्ड प्यालेसले गरेको थियो।

कार्यक्रम आज साँझ ६:०० बजे देखि सिड्नीस्थित Wesley Conference Center, 220 Pitt Street मा सुरु हुनेछ। आयोजकले सिड्नीवासी नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्षको उत्सवलाई भव्य बनाउन आग्रह गरेको छ।

कार्यक्रममा बोल्दै अभिनेत्री गौरी मल्लले सिड्नीमा पाएको आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै दर्शकहरूको उत्साहजनक सहभागिताको अपेक्षा गरिन्। निर्देशक सोभित बस्नेतले कार्यक्रमलाई ऐतिहासिक र स्मरणीय बनाउने दाबी गरेका छन्।

यसैबीच, ‘कमेडी दरबार’ टोलीको मनोरञ्जनात्मक प्रस्तुति तथा मिस पबीको आकर्षक ‘हट इन्ट्री’ ले सिड्नीको माहोल थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु