Tuesday, September 8, 2026
Zenith Migration Education
Tuesday, September 8, 2026

प्रधानसेनापतिद्वारा दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

Zenith Migration Education

प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा (पिएच.डी.) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्डामा शुक्रवार आयोजित एक कार्यक्रममा प्रधानसेनापति सिग्देलले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

पदोन्नतिसँगै उनीहरूलाई उपरथीको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु