Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

सजाय भुक्तान गरी रिहा भए दीपक मनाङे

Zenith Migration Education

गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ रिहा भएका छन् ।

डिल्लीबजार कारागारमा रहेका उनलाई बुधबार रिहा गरिएको कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए । ‘उनले पाउनुपर्ने सजाय भुक्तान गरिसक्नुभएकोले आज रिहा गरिएको हो,’ जेलर अर्यालले भने ।

२०६१ वैशाख ३१ गते मिलन गुरुङ ‘चक्रे मिलन’माथि तरबार प्रहार गरी हात छिन्ने गरी घाइते बनाएको घटनामा सर्वोच्च अदालतले गुरुङलाई ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो ।

सोही मुद्दामा २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको फैसला सदर गर्दै सर्वोच्चले अन्तिम निर्णय गरेको हो ।

गुरुङले उक्त मुद्दामा २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

यसअघि नै उनी सोही मुद्दामा दुई वर्ष आठ महिना जेल बसिसकेका थिए । अदालतको फैसला अनुसार उनले थप दुई वर्ष चार महिना कैद भुक्तान गर्नुपर्ने थियो ।

तर जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते उनलाई २० प्रतिशत कैद छुट दिने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु