Sunday, August 30, 2026
Zenith Migration Education
Sunday, August 30, 2026

आइएस–संवद्ध अस्ट्रेलियालीको सिरियाबाट स्वदेश फिर्तीमा ढिलाइ

Zenith Migration Education

सिड्नी । अस्ट्रेलियाका इस्लामिक स्टेटसँग आवद्ध ११ परिवारलाई सिरियाबाट स्वदेश फिर्ता लैजाने प्रक्रिया समन्वयको अभावका कारण अन्तिम समयमा स्थगित भएको छ।

सोमबार ११ अस्ट्रेयाली परिवारका ३४ सदस्यलाई उत्तरपूर्वी सिरियाको रोज क्याम्पबाट फिर्ता लैजाने योजना बनाइएको थियो। तर सिरियाली अन्तरिम प्रशासनले आवश्यक समन्वय नपुगेको भन्दै उक्त प्रक्रियालाई बीचमै रोकिदिएको छ।

क्याम्प अधिकारी शेखमोस अहमदका अनुसार परिवारहरूलाई दमास्कस पुग्नु अघि नै क्याम्पमै फर्काउन आदेश दिइएको थियो। अधिकारीहरूका अनुसार दमास्कस प्रशासनसँग समन्वय गरेर नयाँ मिति तय गरिनेछ।

रोज क्याम्पकी निर्देशक हाकिमा इब्राहिमले हाल यस क्याम्पमा ४० भन्दा बढी देशका ७४२ परिवार बसोबास गरिरहेको जानकारी दिए। सन् २०२६ को यो पहिलो स्वदेश फिर्ती प्रयास थियो।

सिरियाली मानवअधिकार पर्यवेक्षकका अनुसार यस्तो स्वदेश फिर्तीका लागि क्याम्प प्रशासन, क्षेत्रीय स्वायत्त प्रशासन, विदेशी सरकारहरू र अमेरिकी नेतृत्वको गठबन्धनबीच कडा सुरक्षा तथा समन्वय आवश्यक पर्दछ।

इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित व्यक्तिहरूको पुनर्वास तथा स्वदेश फिर्ती प्रक्रिया जटिल सुरक्षा व्यवस्थापनका कारण प्रायः ढिलाइ हुने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु