Friday, August 28, 2026
Zenith Migration Education
Friday, August 28, 2026

बाबुल गिरीविरुद्ध नितु पौडेलको परिवारले दियो प्रहरीमा जाहेरी

Zenith Migration Education

गायिका नितु पौडेलको परिवारले संगीतकार तथा गायक बाबुल गिरीविरुद्ध जाहेरी दिएको छ ।

गत शनिवार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

आज बिहान साढे ८ बजे कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भयो ।

मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको हो ।

गिरी र पौडेल लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु