Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

जेन जी आन्दोलनलाई बदनाम गर्ने प्रयास, नक्कली समुह गृह मन्त्रालयमा

Zenith Migration Education

भदौ २३ गते सरकारले जेन जी उमेर समूहका युवाहरूको प्रदर्शनमा गरेको दमनमा ७२ जनाको ज्यान गएपछि नेपालको सत्ता–राजनीतिको मार्गचित्र नै परिवर्तन भएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संविधान संशोधन र आर्थिक समानताको मागसहित सुरु भएको यो आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बालुवाटार छाडेर सैनिक हेलिकोप्टरमार्फत भाग्नुपर्ने अवस्था आएको थियो ।

तर आन्दोलनले उठाएको न्यायोचित मागलाई ओझेल पार्दै केही व्यक्तिहरूले फाइदा लिन खोजेको आरोप लागेका छन् । गृहमन्त्रालय स्रोतका अनुसार पूर्व डिएसपी गोविन्द पन्थीको संयोजनमा सिंहदरबार पुगेको एक समूहले भन्सार र सीडिओ कार्यालयमा समेत आफ्नो भाग माग्दै गृहमन्त्रीलाई भेट्ने प्रयास गरेको छ ।

उक्त समूहमा नेकपा एमाले निकट अखिल क्रान्तिकारीकी विद्यार्थी नेतृ जस्मिन ओझाको नेतृत्व रहेको र पूर्व खानेपानी मन्त्री विना मगरको किर्ते हस्ताक्षर प्रकरणमा पक्राउ परेका सञ्जिव दाहाल समेत सहभागी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनीहरू सक्कली जेन जी कार्यकर्ताको नाममा गृहमन्त्रालय पुगेका थिए । तर छलफलकै क्रममा उनीहरू नक्कली भएको खुलेको बताइएको छ ।
‘हामीले सुरुवातमा सक्कली जेन जी हो भनेर कुरा सुन्ने कोशिस गरेका थियौँ, तर पछि थाहा भयो उहाँहरू त नक्कली जेन जी रहेछन्,’ एक गृहमन्त्रालय स्रोतले भन्यो, ‘किर्ते अभियोगमा पक्राउ परेका व्यक्तिसमेत आफूलाई जेन जी भन्दै आएका थिए ।’

दियो पोस्ट डटकमबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु