Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

सिड्नीमा महानायक राजेश हमालको सम्मानमा विशेष रात्रिभोज

Zenith Migration Education

सिड्नी — नेपाली चलचित्रका महानायक राजेश हमाल अष्ट्रेलिया यात्रामा रहेका छन्। यो नेपाली शिर उचाली नामक टेलिभिजन कार्यक्रमको छायांकनका क्रममा सिड्नी पुगेका हमालको सम्मानमा बिहीबार साँझ विशेष रात्रिभोज तथा भेटघाट कार्यक्रम आयोजना हुने भएको छ।

सिड्नीको क्लब ओबर्नमा आयोजना हुने सो कार्यक्रममा प्रस्तुतकर्ता टपरी टकर रहनेछ। रेष्टुरेन्टले सेवा प्रारम्भ गरेको चौथो वार्षिकोत्सवको  अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम भव्य र सभ्य गर्नका लागी  विशेष तयारी रहेको विजय शाक्यले बताए।

कार्यक्रममा सहभागी हुनेहरूले हमालसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाउनेछन्। सो अवसरमा जेन–जेड पुस्ताले विशेष नृत्य र लाईभ प्रस्तुति प्रस्तुत गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

एनआरएनए का NSW राज्य संयोजक -उषा बारिया पोखरेलसहित नेपाली समुदायका अगुवा र विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएका छन्।

सिड्नीमा नेपाली स्वाद र बहुसांस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको टपरी टकर रेष्टुरेन्ट गत चार वर्षयता स्थानीय समुदायबीच लोकप्रिय गन्तव्यका रूपमा स्थापित भएको छ। स्वादिलो खाजा र परिकारका कारण युवायुवतीदेखि परिवारसम्मको रोजाइमा परेको यो रेष्टुरेन्टलाई व्यवसायी विजय शाक्यले सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु