Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

जेनजी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानविन गर्नुपर्छ : गृहमन्त्री अर्याल

Zenith Migration Education

गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानविन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् ।

जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानूनी राज्यको प्रत्याभुति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानविनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो ।

उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका भएका जनधनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्ने बताए । गृहमन्त्री अर्यालले नयाँ पुस्ताको मागअनुसार अघि बढन पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले भने– ‘जहाँ अधिक बल प्रयोग भएको छ । जहाँ दुरुपयोग भएको छ आफ्नो अधिकारको, स्वतन्त्रताको । त्यसको पनि जाँचबुझ हुनै पर्छ निष्पक्ष रुपमा । यसलाई गर्नै पर्छ । हाम्रै छोराछोरी मारिनु भएको छ । धनजनमा क्षति भएको छ । यसलाई हामी सबैले मिलेर सम्बोधन गर्नैपर्छ । त्यसकारण मैले यी सबै विषयलाई मूर्त रुपमा सम्बोधन गर्ने भनेको प्रोफेशनल वर्गले नै हो । राज्यका संयन्त्रले नै हो । यसमा हामी सबै मिलेर गरौं ।’

मन्त्री अर्यालले आन्दोलनका क्रममा भएका शहीदको सम्मानमा सरकारले कुनै कमी हुन नदिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु