Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

अन्तरिम सरकारका तीन मन्त्रीले आज शपथ लिदै

Zenith Migration Education

काठमाडौँ — अन्तरिम सरकारका तीन नयाँ मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका छन्।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्री नियुक्त गरेकी हुन्।

  • ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ।
  • गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई दिइएको छ।
  • अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वअर्थसचिव रामेश्वर खनाललाई दिइएको छ।

गत सोमबार र मंगलबार राजधानी काठमाडौँसहित देशभर जेनजी पुस्ताका युवाहरूले प्रदर्शन गरेका थिए। प्रदर्शन हिंसात्मक रूप लिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु