Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

अष्ट्रेलियाका चाइल्ड केयर सेन्टरमा मोबाइल प्रतिबन्ध

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । आजबाट अष्ट्रेलियाका चाइल्ड केयर सेन्टरमा काम गर्ने कर्मचारीहरुले मोबाइल चलाउन नपाउने भएका छन् ।

अष्ट्रेलियाको सङ्घीय सरकारले चाइल्ड केयर सेन्टरमा सुधार ल्याउन सन् २०२५ को सेप्टेम्बर १ देखि अर्थात् आइतबार लागू हुने गरी देशभरका चाइल्ड केयर सेन्टरमा नीजि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय अष्ट्रेलियको चाइल्ड केयर सेन्टरमा बाल दुर्व्यवहारका घटना बढेसँगै अष्ट्रेलिया सरकारले यसमा व्यापक सुधार ल्याउन पछिल्लो समय नयाँ नीतिहरु ल्याएको हो ।

जसअन्तर्गत आजदेखि अब चाइल्ड केयरमा काम गर्ने कर्मचारीहरुले कामको समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न पाउने छैनन् । साथै उनीहरुको मोबाइल सन् २०२६ फेब्रुअरीदेखि National Worker मा दर्ता गर्ने प्रणाली समेत लागू गरिने छ । त्यस्तै, अब चाइल्ड केयरमा काम गर्नेहरुले अनिवार्य रुपमा तालिम प्राप्त गरेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु