सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया नारी निकुञ्जको आर्थिक सहयोगमा नेपालको सुर्खेतस्थित मेहेलकुना अस्पतालमा दुई सयभन्दा बढी महिलाको निःशुल्क पाठेघर परीक्षण गरिएको छ ।
सुन्दर कर्णाली संस्थाको आयोजना र नारी निकुञ्जको आर्थिक सहयोग तथा मेहेलुना अस्पतालको समन्वयनमा शनिबार महिलाको निःशुल्क पाठेघर परीक्षण गरिएको हो ।
शिविरमा ३० वर्ष माथिका महिलाको पाठेघर मुखको क्यान्सर, अङ्ग खस्ने समस्या लगायतका स्वास्थ्य परीक्षण गरिएको थियो ।
दुई ५५ महिलाको परीक्षण गरिएको मध्ये २० जनामा भिआइए पोजिटिभ देखियो भने जटिल समस्या भएका केहीलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।

साथै पाँच जना महिलामा रिङ पेसरी राखिएको र अन्य समस्यामा निःशुल्क औषधि वितरण र चिकित्सक परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
नारी निकुञ्ज अष्ट्रेलियाकी राष्ट्रिय संयोजक संगीता चापागाईले आफ्नो कार्यकालको अन्त्यतिर यो कल्याणकारी कार्य सम्पन्न गरेकी हुन् ।
उनले भनिन्, ‘‘आफ्नो कार्यकालको अन्त्यतिर यस्तो कल्याणकारी कार्य सम्पन्न गर्न पाउँदा म अत्यन्तै खुशी छु । यो उपलब्धी मेरो मात्र नभई सम्पूर्ण नारी निकुञ्ज परिवार, सहयोगी हातहरू र सम्पूर्ण नेपाली समुदायको हो ।”

क्त शिविरमा सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुन, प्रदेश अस्पताल सुर्खेतका पूर्व मेसु प्राध्यापक डा. डम्बर खड्का, उपप्रमुख मैना विकलगायत विशिष्ट व्यक्तिहरुको उपस्तिथि रहेको थियो ।
यसैगरी, शिविर सफलता पूर्वक सम्पन्न भएकोमा एनआरएनएन नारी निकुञ्ज अष्ट्रेलियाकी राष्ट्रिय संयोजक चापागाईलगायत उनका टिमलाई हृदयदेखि हार्दिक आभार प्रकट गरिएको छ ।
त्यस्तै, शिविर सम्पन्न गर्नका निम्ति गुर्भाकोट नगरपालिले पुर्याएको सक्रिय समन्वयकारी भूमिका, मेहेलकुना अस्पतालमा यो कार्यक्रम ल्याउनका लागि गरेको पहल गर्ने प्रदेश अस्पताल सुर्खेत पूर्व मेसु डा. डम्बर खड्का, प्रदेश अस्पतालका स्त्री रोग विशेषज्ञ डा. ललित जगं शाहीलगायतका स्वास्थकर्मी, बराहाताल गाउँपालिकाका नर्सिङ प्रमुख बिष्नु गुरुङ, गुर्भाकोट नगरवासीका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोेग पुयाउने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ ।










