Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

रुकुम पश्चिममा पहिरोले पुरिएर एकजनाको मृत्यु

Zenith Migration Education

रुकुम पश्चिम । जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आइतबार बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।

मल्लसँगै भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारीले आउन ढिला गरेपछि परिवारका सदस्यले खोजी गर्दै जाँदा पहिरोले पुरिएको अवस्थामा शव फेला पारेको वडाध्यक्ष चन्दले बताए । उनका अनुसार मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु