काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ अनसन सुरु गरेका छन् । सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट सङ्ख्या बढाएको बिरोधमा चार बुँदे माग राख्दै आइतबारबाट डा.केसीले अनसन सुरु गरेका हुन् ।
उनले निजी मेडिकल कलेजहरुको सिट वृद्धि फिर्ता गर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउनेलगायत यस अघि भएका सम्झौताहरु (एकीकृत प्रतिष्ठान ऐन र विश्वविद्यालय पदाधिकारी नियुक्ति उच्च शिक्षा ऐन, गैरनाफामुलक मेडिकल शिक्षा , दरबन्दी सम्बन्धि आदि) कार्यान्वयन गर्ने माग राखेका छन् ।
चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएसमा एक हजार ३५९ सिट थपेर दुई ६३५ र बीडीएसको सिट ६२५ पु¥याएको थियो । आयोगले १०० सिट संख्या तोकेको सबै निजी मेडिकललाई सिट बढाएर १३० पुर्याएको छ ।
सरकारले बढाएको सिट सङ्ख्या बढाउने निर्णय फिर्ता लिन माग गर्दै आउनुभएका डा.केसीले सरकारले कुनै चासो नदिएपछि आइतबारबाट तीन दिनका लागि अनसन सुरु गरेका हुन् ।
डा .केसीले २०६९ देखि चिकित्सा शिक्षा सुधारका माग राख्दै अनसन बस्न सुरु गरेका हुन् ।



