Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

कर्णालीमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न

Zenith Migration Education

वीरेन्द्रनगर सुर्खेतमा दुईदिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ। एनआरएनए वुमेन्स फोरम नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष संगीता चापागाईंको नेतृत्वमा सुन्दर कर्णाली संस्था तथा माया अस्पताल तथा रिसर्च प्रा.लि.को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

महिला स्वास्थ्यमा महिलाको स्थान थप्ने उद्देश्यसहित शिविर जेष्ठ ३० र ३१ गते सञ्चालन भएको थियो । दुई दिनसम्म सञ्चालन भएको शिविरमा कुल २४१ जना महिलाहरूले सेवा प्राप्त गरेका थिए, जसमा ५० जनामा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।

महिलाहरूको स्वास्थ्य अवस्था पहिचान गर्न निःशुल्क भिडियो एक्स-रे सेवा पनि उपलब्ध गराइएको थियो भने शिविरमा एक महिलामा स्तन बायोप्सी (biopsy) आवश्यक देखिएकोले संस्थामार्फत सेवा प्रदान गरिएको छ।

बाँकी महिलाहरूलाई चिकित्सकको परामर्शअनुसार उपचारका लागि सिफारिस गरिएको नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष संगीता चापागाईंले जानकारी दिइन् । त्यस्तै एक महिलामा सामान्य स्तरको शल्यक्रिया आवश्यक परेको छ भने ५ जना महिलामा रोगका लक्षण देखिएकाले पुनः परीक्षण गर्न सुझाव दिइएको छ।

चापागाईंले शिविरमा महिलाहरूको सक्रिय सहभागिता र सफल आयोजनाका लागि सहयोगी संस्था तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

आयोजकहरूले कर्णाली प्रदेशका दुर्गम क्षेत्रहरूमा पनि यस्ता निःशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु