Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट ल काठमाडौं आइपुगे

Zenith Migration Education

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट ल शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। अष्ट्रेलियाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी ललाई नेपाल क्रिकेट संघ (क्यान) ले चैत १५ मा नियुक्त गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नेपाललाई फेरि विश्वकपमा पुर्‍याउनु मेरो लक्ष्य हो। टिमसँग मिलेर त्यसका लागि मिहिनेत गर्नेछु।’ उनले नेपाली क्रिकेटको सम्भावना उज्यालो रहेको र त्यही सम्भावनालाई यथार्थमा बदल्न चाहेको बताए।

५५ वर्षीय लले अष्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय र घरेलु क्रिकेट खेलेका छन्। प्रशिक्षकका रूपमा उनले वेस्ट इन्डिज, श्रीलङ्का, बंगलादेशलगायतका टिमको नेतृत्व गरिसकेका छन्।

क्यानले लामो समयको छलफलपछि उनलाई एक वर्षको करारमा नियुक्त गरेको हो। लले आगामी महिनामा हुने घरेलु तथा अन्तर्राष्ट्रिय सिरिजका लागि टिमको तयारी तत्काल अघि बढाउने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु