Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

रंगी’ को सिड्नीमा पहिलो सो सफल , अष्ट्रेलियाका अन्य शहरमा पनि प्रदर्शन हुँदै

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया – पारिवारिक कथानकमा आधारित नेपाली चलचित्र ‘रंगी’ अब अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ। नेपालमा समीक्षक र दर्शकबाट अत्यधिक प्रशंसा प्राप्त गरिसकेको चलचित्रलाई अब अष्ट्रेलियामा रहेका नेपाली समुदायसमक्ष प्रस्तुत गरिएको हो।

चलचित्रका निर्माता शोभित बस्नेत का अनुसार, ‘रंगी’ को पहिलो शो ६ अप्रिल, आइतवार साँझ ६:३० बजे सिड्नीको Reading Cinemas, Auburn मा सम्पन्न भयो। सो अवसरमा नेपाली समुदायको उल्लेख्य उपस्थिति देखिएको थियो। युवा पुस्ताका दर्शकसँगै आमा–बुबालाई साथ लिएर सन्तानहरू समेत सिनेमा हल पुगेका थिए, जसले यो चलचित्रले सबै पुस्तालाई जोड्ने विषयवस्तु प्रस्तुत गरेको देखाउँछ।

दोस्रो शो ८ अप्रिल, मंगलबार साँझ ५:३० बजे सिड्नीको Event Cinemas, Hurstville मा हुने जानकारी दिइएको छ।

निर्देशक सुरेश न्यौपाने द्वारा निर्देशित चलचित्रमा अभिनेता सलोन बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठ को प्रमुख भूमिका रहेको छ। बुबा–छोरीको सम्बन्धमा आधारित यो कथाले दर्शकको मन छुने भावनात्मक सन्देश दिन सफल भएको प्रतिक्रिया दर्शकहरूले दिएका छन्।

प्रदर्शनको अवसरमा चलचित्रका निर्माता शोभित बस्नेतसँगै सिड्नीका व्यवसायी तथा पीआर चलचित्रका निर्माता रञ्जित शाह आफ्नो परिवारसहित चलचित्र हेर्न पुगेका थिए। साथमा, गायिका जेनिसा गौतम, प्रीति घिमिरे, चलचित्रका पीआर टिमका सदस्यहरू र विभिन्न सामाजिक व्यक्तित्वहरू पनि उपस्थित थिए।

उक्त दिन निर्माता नायक सलोन बस्नेतको जन्मदिन समेत परेको हुँदा दर्शकहरूले उनलाई शुभकामना व्यक्त गर्दै चलचित्र हेर्ने अवसरलाई विशेष बनाएका थिए।

आयोजक पाल्पा इन्टरटेनमेन्टले चलचित्र ‘रंगी’ ले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। टिकट तथा अन्य जानकारीका लागि शोभित बस्नेत (फोन: 0415 007 331) लाई सम्पर्क गर्न सकिने आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु