सरकारले १२ वटा कर्मचारी ट्रेड युनियन खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै ट्रेड युनियनहरू खारेज गरेको जनाएको हो।
खारेजीमा पर्ने राष्ट्रिय स्तरका निजामती कर्मचारी संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च , नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल रहेका छन्।
यसैगरी, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९२ क (१) बमोजिम दर्ता भएर स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका राष्ट्रिय स्तरका ट्रेड युनियनहरू पनि खारेजीमा परेका छन्। यसरी खारेज हुने स्वास्थ्यकर्मीका युनियनहरूमा नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल , राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन रहेका छन्।




